Lalupate Marga, Putalisadak

01-5910656/57 9851037092

Email: info@mgglobal.edu.np

Sun - Fri : 6.30 AM - 6.30 PM

Sat: 9:00 AM - 12:00 AM

Lalupate Marga

Putalisadak, Kathmandu

info@mgglobal.edu.np

admission@mgglobal.edu.np

01-5910656/57

9851037092

Sun - Fri:6:30 AM - 6:30 PM

Sat: 9:00 AM - 12:00 PM

OUR THOUGHTS

अष्ट्रेलियाको हाइ कमिसनले यस्तो भन्यो नेपालको भिसा रिजेक्सन हुनुको कारण

काठमाडौँ। अष्ट्रेलियन हाइ कमिसनका पदाधिकारी र नेपालका शैक्षिक परामर्श व्यवसायीबिच छलफल भएको छ।

उनीहरूबिच शुक्रवार ठमेलस्थित एक होटेलमा छलफल भएको हो। छलफलको क्रममा अष्ट्रेलियाको भिसा रिजेक्सनको कारण र समाधानका उपायबारे विस्तृत छलफल भएको छ।

भिसा रिजेक्ट किन र समाधान के ?
छलफलमा किन भिसा रिजेक्सन भइरहेको छ र भिसा रिजेक्सन नहुन के गर्नुपर्छ लगायतका विविध उपायबारे निष्कर्ष निकालिएको छ, जुन निम्न प्रकार छन् ।

– बैङ्क स्टेटमेन्ट नमिल्दा भिसा रिजेक्सन हुने गरेको छ।

– कम्तीमा ६ महिनाको बैङ्क स्टेटमेन्ट देखाउनुपर्छ। तर, त्यो भएको हुँदैछ। भिसा आएपछि खातामा भएको पैसा निकाल्ने गरिएको छ।

– भिसा आउने वित्तिकै खाताबाट पैसा निकाल्दा भिसा रद्द भइरहेको छ।

– गलत वा अपूर्ण कागजातहरू राख्ने गरिएको छ। जसका कारण भिसा रिजेक्सन हुने गरेको छ।

– गलत, भ्रामक शैक्षिक, वित्तीय र अंग्रेजी कागजातहरू पेस गर्दा भिसा रिजेक्सन हुने गरेको छ।

– ऋण र जग्गा बिक्रीका कागजातलाई थप पुष्टि हुने कागजात नहुँदा समस्या भइरहेको छ। यसका लागि आवश्यक कागजात तयार गर्नतर्फ ध्यान दिनुपर्छ।

– कमजोर शैक्षिक कागजात र अंग्रेजी भाषा कमजोर हुनु। पहिले अन्तर्वार्ता सन्तोषजनक रहे पनि अहिले कमजोर छ। अन्तर्वार्ता दिँदा विद्यार्थीहरुले एसओपी हेर्ने गरेको पाइएको छ।

डिप्लोमा अर्थात व्यावसायिक शिक्षा तथा प्रशिक्षण (भीईटी)मा भिसाका लागि आवेदन दिएर बिचमै त्यो छोडेर उच्च शिक्षाका लागि आवेदन दिने गरिएको छ। यो राम्रो होइन, यसले स्पष्ट भविष्यको योजना छैन भन्ने बुझाउँछ । त्यस कारण भिसा अस्वीकृत हुने सम्भावना रहन्छ ।अष्ट्रेलियन हाइ कमिसनले अब भिसा प्रोसेस समय पनि घट्ने जनाएको छ।

 

अष्ट्रेलियन हाइ कमिसनको टोली नेपालमा, शुक्रबार थाहा हुनसक्छ भिसा रिजेक्सनको कारण

काठमाडौं।  अष्ट्रेलियन हाइ कमिसनका उच्च पदाधिकारीको टोली नेपालमा आएको छ।

उनीहरुले शुक्रबार बिहान नेपालका शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित संघसंस्था तथा व्यक्तिसँग छलफल गर्दैछन्। स्रोतका अनुसार उक्त छलफल भोलि शुक्रबार बिहान ९ बजे अस्ट्रेलियन दूतावास महाराजगन्जमा हुनेछ। 

शुक्रबार बिहान हुने छलफलमा पछिल्लो समय बढेको अष्ट्रेलियाको भिसा रिजेक्सनबारे छलफल हुने बताइएको छ। छलफलमा भिसा रिजेक्सनकाे कारण र समाधानका उपायबारे विस्तृत छलफल हुनेछ। 

सो क्रममा कन्सलटेन्सीका लागि आचारसंहिता पनि तय गरिने बताइएको छ। त्यस्तै, नक्कली डकुमेन्ट पठाउने कन्सलटेन्सी र सञ्चालक नै कालोसूचीमा पर्नेसम्मको छलफल हुनेछ। 

cropped-mg-global-png.png

Pioneer in providing VISA Services, counseling and language proficiency classes to students willing to fly abroad for further studies.

Subscribe Now

Don’t miss our future updates! Get Subscribed Today!

©2022. MG Global. All Rights Reserved.

MG Global Education

Lalupate Marga, Putalisadak, Kathmandu